
पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ स्थित मुसेपा (थर्पु–च्याङथापु सडक खण्ड) मा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले आइतबार निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसै गरी आजै खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ११ बस्ने ब निशा लिम्बुको सेनाले उद्धार गरेको छ । जटिल प्रसुति समस्या भएकी उनलाई सेनाले हवाई साधनद्वारा काठमाडौँ ल्याएको हो ।