०७ असार २०८३, आइतबार

१० दिनदेखि बेपत्ता दृष्टिविहीन बालक जंगलमा मृत भेटिए

पुस २, २०८०
बुटवल
१० दिनदेखि बेपत्ता दृष्टिविहीन बालक जंगलमा मृत भेटिए

गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा १० दिनदेखि सम्पर्कविहीन बालक जंगलमा मृत फेला परेका छन् ।

हर्राचौर टुटीनाकी रम्बा थापा क्षेत्रीका ६ वर्षीय छोरा ईश्वर क्षेत्री ​गत मंसिर २२ गते दिउँसो २ बजेबाट सम्पर्कविहीन भएका थिए ।​

दृष्टीविहीन रहेका बालक सोमवार दिउँसो घरदेखि एक किलोमिटर टाढाको जंगलमा मृत अवस्थामा फेला परेका चन्द्रकोट गाउँपालिका ३ का वडाध्यक्ष डिल्लीराज सुवेदीले जानकारी दिए ।

कम्मरभन्दा मुनिको भागमा चोट देखिएकाले मृत्युको कारण केही भन्न नसकिने सुवेदीले बताए ।

लामो समयदेखि चन्द्रकोट इलाका प्रहरी कार्यालय र स्थानीयको टोलीले बालकको खोजी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिल्लीनारायण पाण्डेले आफ्नै नेतृत्वमा प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्