
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।
बैंकमा कार्यरत प्रकाश शर्मा मणिमुकुन्द सेन उद्यान (बुटवल फूलबारी)मा झुन्डिएको अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सोमवार बिहान फूलबारीको एक रेष्टुरेण्टमा खाजा खाएका शर्मा केहीबेरपछि उद्यानको एकान्त स्थानमा झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले जानकारी दिए ।
शर्मा बुटवलको ट्राफिक चोकमा रहेको बैंकको कर्जा शाखामा कार्यरत रहेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।