०५ साउन २०८३, मंगलबार

च्याम्पियन्स लिग: अन्तिम १६ को ड्र सार्वजनिक, कसको भिडन्त को सँग?

पुस ३, २०८०
काठमाडौं
च्याम्पियन्स लिग: अन्तिम १६ को ड्र सार्वजनिक, कसको भिडन्त को सँग?

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । सोमबार भएको ‘ड्र’ अनुसार आर्सनलले एफसी पोर्टोसँग अन्तिम १६ मा खेल्नेछ ।

यस्तै, बार्सिलोनाले नापोलीलाई प्रतिद्धन्दी पाएको छ । पेरिस सेन्ट जर्मेन पीएसजीले रियल सोसिडाडसँग खेल्नेछ।

इन्टर मिलानले एट्लेटिको मड्रिडसँग खेल्दा बोरुसिया डर्टमण्डको भेट पीएसी इन्दोभेनसँग हुनेछ ।

प्रि-क्वार्टरफाइनलकै अन्य खेलमा लाजियोले बायर्न म्युनिखसँग, एफसी कोपनहेगनले म्यानचेस्टर सिटीसँग र आरबी लाइपेजिगले रियल मड्रिडसँग खेल्नेछ ।

अन्तिम १६ को पहिलो लेगको खेल फेब्रुअरी १३, १४ र २०,२१ मा खेलिनेछ ।

null

salt training

कमेन्ट गर्नुहोस्