०९ असार २०८३, मंगलबार

कांग्रेस सांसदको उदाहरणीय काम, दशैमा गुल्मी गएर गरे यस्तो घोषणा

कात्तिक २०, २०७४
कांग्रेस सांसदको उदाहरणीय काम, दशैमा गुल्मी गएर गरे यस्तो घोषणा

गुल्मी, १५ असोज - नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले दशैँ उपहारस्वरुप सीमान्तकृत समुदायअन्तर्गतका बोटे माझी र कुमाल बालबालिका सामग्री वितरण गरेका छन् ।chandra

सांसद भण्डारीले गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा झण्डै १५० सीमान्तकृत बोटे माझी र कुमाल बालबालिकालाई शनिबार दशैँको टीका–दक्षिणसँगै पोशाक, कापी, कलमलगायत सामग्री वितरण गरेका छन् । माझी प्राविमा अध्ययन गर्ने बोटे माझी बालबालिका र कुमाल गरी झण्डै १५० बालबालिकालाई खाजालगायत लेखपढमा सामग्री सहयोग गर्दै आएको सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष होमबहादुर माझीले जानकारी दिए ।

नेता भण्डारीले भने , “मैले राज्यबाट पाएको तलबले जिल्लाका विभिन्न स्थान र क्षेत्रमा छरिएर रहेका सीमान्तकृत समुदायअन्तर्गतका बोटे माझी, कुमाल दलित विपन्न, असहाय, गरिब बालबालिकाका लागि अध्ययनमा आवश्यक पर्ने पोशाक, कपी, पेन लगायतका सामग्री सहयोग गर्दै आएको छु ।”
यसैबीच सांसद भण्डारीले बलिथुका बोटे माझीका लागि घर निर्माण गरिदिने घोषणा समेत गरेका छन् । नेता भण्डारीले दशैँको उपहारस्वरुप सीमान्तकृत बोटे माझी र कुमाल बस्तीका लागि ५० घर निर्माण गरिदिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्