११ साउन २०८३, सोमबार

‘लोकतन्त्रमा कसैलाई निषेध गर्न खोज्नु हुँदैन’

पुस ३, २०८०
काठमाडौं
‘लोकतन्त्रमा कसैलाई निषेध गर्न खोज्नु हुँदैन’

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताएका छन् । कसैलाई पनि निषेध गर्न खोज्न नहुने उन उल्लेख गरे । 

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद  कार्यक्रममा उपमहासचिव ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिस  भइरहेको बताए । उनले भने, “एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्राका क्रममा पहिचानवादीले विभिन्न धम्की दिए, यो लोकतन्त्र विरोधी कार्य हो ।”

जनता सङ्घीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेको एमालेको अभियानका क्रममा पाएको उपमहासचिव ज्ञवालीले बताए । मुलुकको अर्थ व्यवस्था अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले एनसेल करछलीको निष्पक्षरुपमा छानबिनको माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्