२८ असार २०८३, आइतबार
माओवादी पदाधिकारी बैठक

माओवादी बैठकमा प्रधानमन्त्री- भ्रष्टाचारका नयाँ फाइल खोल्छु, सरकारलाई अझै प्रभावकारी बनाउँछु

फागुन पहिलो साता विधान सम्मेलन, ७ सदस्यीय मस्यौदा समिति गठन
पुस ५, २०८०
काठमाडौं
माओवादी बैठकमा प्रधानमन्त्री- भ्रष्टाचारका नयाँ फाइल खोल्छु, सरकारलाई अझै प्रभावकारी बनाउँछु
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै भ्रष्टाचारका फाइल खोल्ने बताएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार पार्टीको पदाधिकारी बैठकमा बोल्दै सरकारलाई अझै सशक्त बनाउन भ्रष्टाचारको नयाँ फाइल खोल्ने बताएका हुन् । 

‘सरकार बनेको एक वर्ष भएको छ । अब सरकारलाई अझै प्रभावकारी बनाउँछु भन्ने संकल्प प्रधानमन्त्रीले गर्नुभएको छ,’ माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘यसअघि पनि भ्रष्टाचारविरोधी अभियान थालेको र फेरि पनि भ्रष्टाचारका फाइल खोल्छु भन्नुभएको छ ।’ 

प्रधानमन्त्रीले एक वर्षमा सरकारले सुशासन र नागरिकका सरोकारमा पक्षमा काम गर्न खोजेको बताएका थिए । कतिपय काम अझै अधुरा रहेको भन्दै प्रभावकारी भएर काम गर्न मन्त्रीलाई निर्देशन दिएको बिफ्रिङ पनि बैठकमा प्रचण्डले गरेका थिए । 

२०७९ पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । 

फागुनमा विधान सम्मेलन

माओवादीले आगामी फागुनको पहिलो साता विधान विधान सम्मेलन गर्ने निर्णय पनि गरेको छ । एक महिने छलफल चलाएर रिपोर्ट दिने गरी सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको पौडेलले जानकारी दिए ।

उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा मस्यौदा समिति गठन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्