०९ असार २०८३, मंगलबार

निरन्तर घट्दै काठमाडौंको तापक्रम, यस वर्षको अहिलेसम्मकै चिसो दिन आज

पुस ५, २०८०
काठमाडौं
निरन्तर घट्दै काठमाडौंको तापक्रम, यस वर्षको अहिलेसम्मकै चिसो दिन आज
फाइल फोटो

काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ ।

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।​

बुधवार काठमाडौंको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम् तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए ।

उनले भने, ‘काठमाडौंमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै  कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।’

काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम् तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्