०४ असार २०८३, बिहीबार

ग्लोबल आईएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

पुस ५, २०८०
काठमाडौं
ग्लोबल आईएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

ग्लोबल आईएमई बैंक लिमिटेड ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ ।

भिसा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एशोसियट सदस्यतर्फ डेबिट कार्ड प्रबर्द्धनमा उत्कृष्ट बनेकोमा अवार्ड प्रदान गरिएको हो ।​

बैंकले हालैमात्र भिसासँगको सहकार्यमा ‘भिसा स्क्यान टू पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिसा कार्डबाट पेमेन्ट गर्न सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।​

बैंकले ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्