१२ असार २०८३, शुक्रबार

हनीप्रीत आमा नबनोस् भन्ने चाहन्थे राम रहीम, पूर्वपतिले गरे खुलासा

कात्तिक २०, २०७४
हनीप्रीत आमा नबनोस् भन्ने चाहन्थे राम रहीम, पूर्वपतिले गरे खुलासा

साध्वी बलात्कारको मुद्दामा कारावास सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख राम रहीमले आफ्नी प्रियपात्र हनीप्रीत कहिल्यै आमा नबनोस् भन्ने चाहेको खुलासा भएको छ ।


हनीप्रीतका पूर्वपछि विश्वास गुप्ताले एक टीभी च्यानललाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘हाम्रो विवाह भएलगत्तै राम रहीमले हामीलाई भनेका थिए, हनीप्रीत आमा बनिन् भने तिमीहरूको मेरो सेवाका लागि समय दिन पाउँदैनौ ।’
बिहेको तीन दिनपछि राम रहीमसँग भेट हुँदा उनले सन्तानको कुरा झिकेका थिए ।

राम रहीमलाई उद्धृत गर्दे गुप्ताले भने, ‘तिमी मसँग यात्राहरूमा गइरहेकी हुन्छौ । बच्चा जन्मायौ भने विद्यालय पु–याउन र लालनपालन गर्न थाल्नुपर्छ । अनि तिमीहरूले मेरो सेवा गर्न समय पाउँदैनौ । त्यसैले बच्चा नजन्माओ ।’

गुप्ताका अनुसार बाबाले म तिमीलाई छोरो मान्छु र हनीप्रीत छोरी जस्ती हो अनि म उसलाई पनि उत्तिकै प्रेम गर्छु भने ।

त्यसपछि राम रहीमले हरेक हप्ता हनीप्रीत र विश्वासलाई डेरामा बोलाए ।

डेराभित्र बनेको गुफामा रहेको बेडरूममा बाबाले हनीप्रीतलाई बोलाउँथे र विश्वासलाई चाहिँ बैठक कोठामै बस्न लगाउँथे । छोरीले ससुरालीको सुखदुःख सबै कुरा एकान्तमै बताउनसक्ने भएकाले एक्लै भेट्न लगाएको उनी बताउँथे ।

राम रहीम र हनीप्रीतको भेटघाट एकदेखि डेढ घन्टासम्म चल्थ्यो । त्यतिखेरसम्म विश्वासलाई बाबाका चेला र नोकरहरूले गफ गरेर भुलाउँथे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्