×

NMB BANK
NIC ASIA

नेपाली चलचित्र ‘दान्भी’मा भारतबाट भाडामा ल्याएर प्रयोग गरिएको थियो ‘मेसिनगन’

काठमाडाैं | पुस ५, २०८०

NTC
Premier Steels

लभस्टोरी चलचित्रका लागि रुचाइएकी अभिनेत्री पूजा शर्माले ‘दान्भी’ चलचित्रमा पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । 

Muktinath Bank

वर्ष २०२४ भित्र प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा उनको भरपूर एक्सन दृश्यहरू समावेश छन् । चलचित्रमा उनले मेसिनगन समेत चलाएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेसिनगन लिएको पोस्टरलाई लिएर पूजा ट्रोलको सिकार समेत बनेकी थिइन् । कतिपयले मेसिनगन लिँदा पूजाको हाउभाउ नमिलेको भन्दै आलोचना गरेका थिए । केहीले पूजाले बोकेको मेसिनगनलाई काठको समेत भन्न भ्याएका थिए । बलिउड चलचित्र ‘एनिमल’ प्रदर्शनमा आउने र पूजाको चलचित्रको पोस्टर एउटै समयमा आउनुले कतिपयले ‘एनिमल’को मेसिनगनसँग तुलना गरेर समेत टीकाटिप्पणी गरेका छन् ।​


Advertisment
Nabil box
Kumari

​यतिबेला ‘दान्भी’को टिजर युट्युबमा आइसकेको छ । र, टिजरमा पूजाले मेसिनगन चलाएको दृश्यलाई समावेश गरिएको छ ।

Vianet communication

यो चलचित्रका निर्देशक रुपेश तामाङका अनुसार उक्त मेसिनगन भारतबाट भाडामा झिकाएर प्रयोग गरिएको हो । यद्यपि, त्यसका लागि त्यति सहज भने नभएको उनले बताए । 

चलचित्रको कथामा प्रहरी, प्रहरीको पोसाक वा चलचित्र छायांकनका लागि आवश्यक पर्ने नक्कली हात हतियारको प्रयोग गर्दा प्रहरीसँग अनुमति लिनुपर्छ । प्रहरी प्रधान कार्यालयले निर्णय लिन नसके उसले गृह मन्त्रालयमा पठाउने गरेको छ । 

‘भारतबाट मेसिनगन ल्याउनका लागि त गृह मन्त्रालयबाट अनुमति लिनुपर्यो । त्यसको प्रक्रियाका लागि पनि समय लाग्ने, साथै झन्झट समेत हुँदोरहेछ’ निर्देशक तामाङले भने, ‘हामीले मेसिनगन समयमा ल्याउन नसक्दा एक महिना सुटिङ नै रोक्नुपरेको थियो ।’ 

प्रतिदिन एक लाख भारू तिर्नेगरि उक्त मेसिनगन ल्याएर प्रयोग गरिएको निर्माण टिमले जनाएको छ ।

निर्माण टिमको दाबी अनुसार यस किसिमको मेसिनगनको प्रयोग नेपाली चलचित्रमै पहिलोपटक हो ।

एक्सन चलचित्रमा दर्शकलाई फरक खालको स्वाद दिने प्रयास अनुरूप भरपूर मेहनत गरिएको निर्देशक तामाङ बताउँछन् ।

श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको यो चलचित्रमा पूजाको अपोजिटमा कुन्साङ बोन्जन छन् । 

पूजाले फेरि पनि एक्सन चलचित्रमा काम गर्ने योजना बनाएकी छन् । 

चलचित्रको टिजर :
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x