०७ असार २०८३, आइतबार

भ्रष्टाचार र गल्ती म गर्दिनँ : रवि लामिछाने

पुस ५, २०८०
तनहुँ
भ्रष्टाचार र गल्ती म गर्दिनँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशको विकास परिवर्तन गर्न रास्वपा राजनीतिमा आएको बताएका छन् ।  

रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद–६ मा आज आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछाने भ्रष्टाचार र गल्ती आफू पनि नगर्ने र आफ्ना पार्टीका नेतालाई पनि गर्न नदिने बताए ।

नेतृत्व इमान्दार भए अरुलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर गर्दै उनले भने, “देशका ठूलाठूला व्यक्तिले भ्रष्टाचार गर्दिन भनेर लाग्ने हो भने भ्रष्टाचार अन्त्य हुन सक्छ ।”  भ्रष्टाचारको स्वीच कहाँ छ भन्ने कुरा सरकारले खोलेका फाइल हेरे थाहा हुने उनले उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्