१३ असार २०८३, शनिबार

विवेकशील साझाद्वारा सूचनाको हकसम्बन्धी अभ्यास तालिम सम्पन्न

पुस ५, २०८०
काठमाडौं
विवेकशील साझाद्वारा सूचनाको हकसम्बन्धी अभ्यास तालिम सम्पन्न

 विवेकशील साझा पार्टी संघीय प्रशिक्षण विभागले बिहीबार सूचनाको हकसम्बन्धी अभ्यास तालिम गरेको छ । 

सूचनाको हकका अग्रणी अभियन्ता एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल प्रमुख श्रोत ब्यक्ति रहेको अभिमुखिकरणमा पार्टी पदाधिकारी, अगुवा सहित ३ दर्जन भन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष एवं संघीय प्रशिक्षण विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिए । 

 सूचनाको हकलाई कार्यान्वयन गरी सुशासन कायम गर्न यो तालिम उपयुक्त औजार भएको उनको भनाइ  थियो । यही बुझाइका साथ पार्टीले 'सूचनाको हक अभ्यास अभियान'नै शुरु गर्न लागेको समेत उनले बताए । 

कमेन्ट गर्नुहोस्