११ असार २०८३, बिहीबार

आगामी १० वर्षभित्र दलित लेख्ने अवस्थाको अन्त्य गरिने

पुस ५, २०८०
विराटनगर
आगामी १० वर्षभित्र दलित लेख्ने अवस्थाको अन्त्य गरिने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी १० वर्षभित्र प्रदेशमा दलित लेख्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । रिडेफ नेपालद्वारा आज आयोजित ‘प्रदेशको नीति तथा योजनामा दलित सरोकार’ विषयक अन्तरक्रियामा उनले विभेदरहित समाज निर्माणका लागि सरकारले सुरू गरेको मानवीय विकास अभियानले दलित लेख्ने अवस्था नरहने प्रष्ट पारे।

मुख्यमन्त्री कार्कीले परम्परागत सीपलाई प्राविधिक शिक्षाको रूपमा विकास गरी समाजमा रहेको पछौटे र गरिबी अन्त्य गर्ने बताए । मुलुकमा समानता र विभेदरहित समाज निर्माणमा हामी सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उनले जोड दिए । 

    मुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकामा दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायत क्षेत्रमा सरकारले मानवीय विकास अभियान सुरु गरेको जानकारी दिए । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले समाजमा आर्थिक अवस्था कमजोर हुँदै जाँदा विभेद सुरू हुने विचार राखे । 

salt training

कमेन्ट गर्नुहोस्