०४ असार २०८३, बिहीबार

ल्वाङ खानुस्, स्वस्थ रहनुस् !

कात्तिक २०, २०७४
ल्वाङ खानुस्, स्वस्थ रहनुस् !

काठमाडौं, १५ असोज — ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् ।


खोकी

लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ ।

सास गनाउने
केही मानिसको सास गनाउँछ जसका कारण उनीहरूलाई लाजमर्दो स्थिति आइलाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ ।

रुघा
रुघा लागेर नाक बन्द भएमा एउटा रुमालमा ल्वाङको तेलका केही थोपा हालेर सुँघ्नुस् । बन्द नाक खुल्छ र रुघाबाट मुक्ति पाइन्छ ।

छाती पोलेको
छाती पोलेको छ भने दुईतीनवटा ल्वाङ एक गिलास पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउनुस् । ठीक हुन्छ ।

जोर्नी दुखेको
जोर्नी दुखेको र सुन्निएको छ भने ल्वाङको तेलले मालिश गर्नुस् । पीडा र पोलेको कम हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्