०९ साउन २०८३, शनिबार
शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीको भेट, टीआरसी टुंग्याउने विषयमा छलफल

पुस ८, २०८०
काठमाडौं
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीको भेट, टीआरसी टुंग्याउने विषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच छलफल भएको हो । 

तीन नेताबीच सङ्क्रमणकालीन न्यायको विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको  । 

शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन तयार पारिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक (टीआरसी) हाल संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ ।

salt training

कमेन्ट गर्नुहोस्