२८ असार २०८३, आइतबार

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक, के-के छन् छलफलका एजेन्डा ?

पुस ८, २०८०
काठमाडौं
जसपाले बोलायो कार्यकारिणी समितिको बैठक, के-के छन् छलफलका एजेन्डा ?

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा पुस १० गते बिहान १० बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

त्यसैगरी आगामी पुस २५ गतेदेखि काठमाण्डौमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्