२९ असार २०८३, सोमबार

गाजास्थित शरणार्थी क्याम्पमा इजरायली आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

पुस ९, २०८०
काठमाडौं
गाजास्थित शरणार्थी क्याम्पमा इजरायली आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

इजरायले अल-मगाजी शरणार्थी शिविरलाई लक्षित गरी हवाई हमला गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका प्रवक्ताले सो क्याम्पमा ठूलो संख्यामा परिवार बसोवास गर्ने भएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका  छन् ।

दर्जनौं घाइतेहरूलाई नजिकैको अल-अक्सा अस्पतालमा लगिएको छ ।

फूटेजमा केही बालबालिकाको अनुहार रगतले छोपिएको र केहीको अंगभंग भएको समेत देखिएको छ ।

इजरायली सेनाले भने हमासको दाबीका सम्बन्धमा अनुसन्धान भइरहेको बीबीसीसँग बताएको छ ।

उत्तरी गाजा छाड्न इजरायली सेनाले आदेश दिएपछि मध्यगाजामा आएर शरणार्थी शिविरमा बसेकाहरू समेत हवाई हमलाको निसानामा परेको दाबी हमासले गरेको छ ।

७ अक्टोबरमा हमासले इजरायली भूमिमा पसेर गरेको आक्रमणपछि भएको प्रतिकारात्मक कारबाहीमा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्