२२ असार २०८३, सोमबार

पर्सामा बाघको आक्रमणबाट १ जनाको मृत्यु

पुस ९, २०८०
पर्सा
पर्सामा बाघको आक्रमणबाट १ जनाको मृत्यु
फाइल फोटो

पर्सामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बिहानदेखि सम्पर्कविहीन बनेका थिए ।

उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए । ‘धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ’, उनले भने । 

धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्