१३ साउन २०८३, बुधबार

केएमसीमा नयाँ प्रविधिबाट झिकियो ९ वर्षिया बालिकाको छातीमा जमेको पीप

पुस ९, २०८०
काठमाडौं
केएमसीमा नयाँ प्रविधिबाट झिकियो ९ वर्षिया बालिकाको छातीमा जमेको पीप

काठमाडौँ मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेसन नगरीकन नै निकाल्न सफल भएको छ ।

भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधिबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । काठमाडौँ मेडिकल कलेजका बालरोग शल्य चिकित्सक डा आशिषलाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको बताए ।

डा. आशिषलाल श्रेष्ठका अनुसार ९ वर्षीया बालिका आकृति ठाकुरलाई ज्वरो र वान्ता हुने समस्या भए पछि अस्पताल ल्याइएको र परीक्षण गराउँदा छातीमा निमोनिया पछि पीप जम्ने समस्या भएको पाइएकोले छातीमा जमेको पीप निकाल्न यो प्रविधिबाट उपचार गरेको बताए । यसअघि यस्तो समस्याको छाती चिरेर अप्रेसन गर्ने गरिन्थ्यो तर यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेसन भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरीबाट पीप बाहिर निकालिएको बताउँछन् ।

अप्रेसन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठिक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताए । यस सर्जरीको सेवा र अप्रेसन सेवाको खर्चमा खासै फरक नरहेको जिकिर गरे । उनले भने– ‘९ वर्षको एउटा बहिनी आउनुभएको छ । उहाँको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको थियो । त्यसले फोक्सो फुल्न नसक्ने भएकाले त्यो पीप क्लियर गर्नुपर्ने थियो । पीप क्लियर गरेन भने त्यो फोक्सो पछि पनि फुक्न पाउँदैन । त्यसमा समस्या आउँछ र पछि गएर फोक्सो नै निकाल्नु पर्ने हुन सक्छ । हामीले उसको केसमा भ्याच भन्ने अप्रेसन ग¥यौँ । अन्य केसमा छाती नै चिरेर गर्नुपर्ने अवस्था हुँदा बिरामीलाई बढी दुख्ने हुन्थ्यो, घाउ पाक्ने हुन्थ्यो यसबाट त्यस्तो गाह्रो हुँदैन । प्रविधिको विकास नहुँदा पहिला यस्ता बिरामी अन्यत्र पनि पठाउनु पर्ने थियो । हामी पछिल्लो समय लागिरहेका थियौँ । अहिले काठमाडौँ मेडिकल कलेजमै यो सेवा उपलब्ध छ । उसको अवस्था सुधार भएको छ । बिरामीलाई सुलभ भएको छ । फोक्सो पनि फुलेको देखिएको छ । खर्चको हिसाबले दुई चार हजार अन्तर मात्रै छ, तर सामान्य जिन्दगीमा चाँडै फर्किनसक्ने भएको यो प्रविधि राम्रो हो ।’

त्यस्तै बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वास्थ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेसनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठिक हुँदै गएको बताए ।

उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताए । यस भन्दा अघि छाती चिरेर मात्रै यस्तो अप्रेसन गर्ने गरिन्थ्यो ।

salt training

कमेन्ट गर्नुहोस्