२४ जेठ २०८३, आइतबार

घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नापी कार्यालय नवलपरासीका अमिन ढकाल

पुस ११, २०८०
काठमाडौं
घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नापी कार्यालय नवलपरासीका अमिन ढकाल
फाइल फोटो

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल पक्राउ परेका छन् ।

जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनका लागि सेवाग्राहीबाट लिएको ४ हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार घुस मागेको गोप्य सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको हो ।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्