
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नै समाजवादी मोर्चाको संयोजकको जिम्मेवारी पाएका छन् । चार दलीय मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने भनिए पनि हाललाई नेपाललाई नै संयोजकमा निरन्तरता दिने निर्णय भएको हो ।
बुधवार साँझ बसेको मोर्चाको बैठकमा नेकपाका महासचिव नेत्र विक्रम चन्दलगायतलाई अदालतले पक्राउ पुर्जी जारी गरेको विषयमा पनि छलफल भएको थियो ।
बैठकमा राजनैतिक दलका नेताहरूको अदालतमा भएको मुद्दाबारे सरकारलाई एकमुष्ट जानकारी दिने र आवश्यक निर्णय गर्न अनुरोध गर्ने निर्णय भएको एकीकृत समाजवादीका नेता प्रमेश हमालले जानकारी दिए । सोहीअनुसार राजनैतिक सम्झौताबारे अदालतलाई समेत जानकारी दिने निष्कर्ष निकालिएको छ ।
यस्तै माघ १६ गते भव्यताका साथ सहिद दिवस मनाउने निर्णय पनि भएको छ ।