०९ साउन २०८३, शनिबार

लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हुस्सु र कुहिरो, कतै छैन पानी पर्ने सम्भावना

पुस १३, २०८०
काठमाडौं
लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हुस्सु र कुहिरो, कतै छैन पानी पर्ने सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि हुस्स/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा पनि आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
 

salt training

कमेन्ट गर्नुहोस्