
काठमाडौं, १६ असोज — गुफामा तपस्वीहरू कष्टपूर्ण जीवन बिताउँदै तपस्या गर्छन् भनी हामीले धेरै पढेका छौं ।

तर यहाँ हामी यस्तो व्यक्तिको कुरा गर्दैछौं जसले २५ वर्ष गुफामा सुखसुविधा भोगेर बसेको थियो ।

कलाकार रा पलेटले अमेरिकाको न्यु मेक्सिकोस्थित उत्तरी मरुभूमिमा आफैंले गुफा बनाएका हुन् ।

गुफा हेर्ने जोकोही पनि छक्क पर्छ । गुफाभित्र उनले एक स्वप्निल संसार रचेका छन् ।

आफ्नो जीवनको २५ वर्ष उनले गुफाकै लागि खर्चेका हुन् । त्यत्ति लामो अवधिमा उनको साथमा एउटा कुकुर मात्र थियो ।



एजेन्सी