०२ साउन २०८३, शनिबार

गभर्नर अधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

पुस १३, २०८०
काठमाडौं
गभर्नर अधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
फाइल फोटो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।

अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

बिहीवार दायर भएको रिटमा शुक्रवारका लागि नै पेसी तोकेर सुनुवाइ भएको थियो ।

सीएलाई स्नातकोत्तर तहको मान्यता दिन नमिल्ने दाबी रिटमा गरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्