
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।
अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
बिहीवार दायर भएको रिटमा शुक्रवारका लागि नै पेसी तोकेर सुनुवाइ भएको थियो ।
सीएलाई स्नातकोत्तर तहको मान्यता दिन नमिल्ने दाबी रिटमा गरिएको छ ।