२९ असार २०८३, सोमबार

बालकुमारी घटनाबारे एमाले– युवाको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गरौं

पुस १३, २०८०
काठमाडौं
बालकुमारी घटनाबारे एमाले– युवाको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गरौं

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै युवाको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारसँग माग गरेको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गरेका छन् ।

‘प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति एमाले भत्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विनाभेदभाव परिक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

साथै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न पनि एमालले अपिल गरेको छ ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग एमालेको माग छ ।

शुक्रवार मध्यान्हमा रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया भाषा परीक्षाको विषयलाई लिएर युवाहरूले बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रहरी प्रशासनले अश्रुग्यास प्रहार गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र शाह गरी २ जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइतेसमेत भएका छन् । 

null


 

  

salt training

कमेन्ट गर्नुहोस्