१० साउन २०८३, आइतबार

फ्रान्सेली मानव तस्करी प्रकरणका प्रमुखको खोजी गर्दै भारत प्रहरी

पुस १३, २०८०
काठमाडौं
फ्रान्सेली मानव तस्करी प्रकरणका प्रमुखको खोजी गर्दै भारत प्रहरी

फ्रान्सेली अधिकारीहरूले निकारागुवा जाने यात्रीहरूको विमान रोक्दा पर्दाफास भएको मानव तस्करी गर्ने गिरोहका प्रमुखहरू पत्ता लगाउन काम गरिरहेको भारतीय प्रहरीले शुक्रबार बताएका छन् ।  

इन्धन भर्नका लागि रोकिएको एयरबस ए३४० लाई गत साता पेरिसपूर्वको भट्री विमानस्थलमा रोकिएको थियो । विमानमा मानव तस्करीका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचना प्राप्त भएपछि संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको उक्त विमानलाई रोकिएको थियो । विमानमा सवार तीन सय तीन यात्रुमध्ये अधिकांश सोमबार भारत फिर्ता भएका छन् । 

गुजरात राज्यका प्रहरी उपरीक्षक सञ्जय खरातका अनुसार यात्रुहरूले दक्षिण अमेरिकाबाट अमेरिकाको दक्षिणी सीमासम्म पुग्न सहयोग गर्नका लागि एजेन्टहरूलाई चार लाखदेखि १२ लाख भारतीय रुपैयाँ (४८ हजारदेखि एक लाख ५० हजार अमेरिकी डलर) प्रदान गरेका थिए । 

    “उनीहरू एजेन्टको सम्पर्कमा कसरी आए वा एजेन्टहरूले उनीहरूसँग कसरी सम्पर्क गरे र निकारागुवा पुगेपछि उनीहरूको योजना के थियो भन्ने हामी जान्न चाहन्छौँ”, उनले भने । खरातका अनुसार भारत फर्किएका दुई सय ७६ यात्रुमध्ये ६६ जना गुजरातका थिए र प्रहरीले उनीहरूसँग सोधपुछ गरिरहेको छ । 

विमानमा सवार अधिकांश अन्य यात्रु भारतको उत्तरमा रहेको पञ्जाब राज्यका थिए । पञ्जाबको प्रहरीले पनि अनुसन्धान गरिरहेको बताएको छ । पञ्जाब प्रहरीका अतिरिक्त महानिर्देशक एलके यादवले भने, “कुनै गैरकानूनी कुरा हाम्रो ध्यानमा ल्याइए अनुसन्धान गर्न हामी बाध्य हुन्छौँ र हामीले यो मुद्दाको अनुसन्धान गरिरहेका छौँ ।”

    उक्त विमान रोमानियाली चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सले सञ्चालन गरेको थियो र यात्रुहरूको जाँचका लागि विमानलाई भट्री विमानस्थलमा राखिएको थियो । फ्रान्समा रोकिएका दुई व्यक्तिसँग मानव तस्करीको आशङ्कामा त्यहाँको प्रहरीले सोधपुछ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्