१० असार २०८३, बुधबार

लस भेगासमा भएको गोलाबारीमा २० को मृत्यु, सयभन्दा बढी घाइते

कात्तिक २०, २०७४
लस भेगासमा भएको गोलाबारीमा २० को मृत्यु, सयभन्दा बढी घाइते
काठमाडौं, १६ असोज– अमेरिकाको लस भेगासमा गोली चल्दा मृत्यु हुनेको संख्या २० पुगेको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

शंकास्पद बन्दुकधारी प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार ती शंकास्पद व्यक्ति लस भेगासकै स्थानीय भएको र गोली चलाउनु अघि उनी एक्लो भएको अभिनय गरिरहेको लस भेगासका प्रहरी सेरिफ जोेसेफले बताएका छन् ।

तर अन्य अधिकारीका अनुसार ती शंकास्पद व्यक्तिका एकजना एसियन मुलकी महिला साथीलाई खोजिरहेको उनले बताए । त्यसबाहेक अन्य ठाउँमा समेत गोली चलेको हल्ला मात्रै भएको प्रहरीले बताए ।  लस भेगासमा मानिसहरु मनोरञ्जन गर्न, सपिङ गर्न र क्यासिनोमा खेल्न बढी आउने गर्छन् ।

सनसेट स्ट्रिप क्षेत्रमा मांडले बे क्यासिनो नजिकै एक म्युजिक फेस्टिवल चलिरहेको अवस्थामा गोली चलेको बताइएको छ ।

लस भेगासको प्रहरी यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट सबैलाई टाढा राखिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा घटनामा थुप्रै घाइते भएको देखाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्