
नेपालको नम्बर १ ब्याट्री ब्रान्ड एक्साइडले डिलरहरूलाई युरोप भ्रमण गराएको छ ।
निर्धारित बिक्री लक्ष्य पूरा गर्ने डिलरहरूको टोलीलाई उपहार स्वरूप ७ रात ८ दिनको युरोपको भ्रमण गराइएको कम्पनीले जनाएको छ ।
यसका साथै सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्ने ५ जनालाई उक्त भ्रमणमा समावेश गरिएको थियो ।
युरोप भ्रमण फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, र स्विजरल्याण्ड लगायतका मुलुकहरूमा गराइएको हो । भ्रमणको क्रममा एक्साइड ब्याट्रीजका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले उक्त टोलीको नेतृत्व गरेका थिए ।

युरोप भ्रमणका लागि बिन्दबसिनी ट्रेड्र्स, रक्षा सप्लायर्स, आरबी इलेक्ट्रिकल्स, तिरुपति बालाजी टायर वर्ल्ड प्रालि, बानेश्वर इलेक्ट्रिकल्स एण्ड सप्लायर्स, इजी पावर सोलुसन ट्रेडर्स, जेएस ट्रेड लिङ्क प्रालि, ब्याट्री वर्ल्ड र उग्रतारा ट्रेडिङ्ग छानिएका थिए ।
भ्रमणका क्रममा उनीहरूले आईफिल टावर (फ्रान्स), मन्नेकेन पीस पिस (बेल्जियम), वुडन एण्ड चिज फ्याक्ट्री (नेदरल्याण्ड), माउण्ट टिटलस (स्विजरल्याण्ड) अवलोकन गरेका थिए ।
यसका अतिरिक्त डिलरहरूले रिभर क्रुज, क्यानल क्रुज र सिटी टुर जस्ता अन्य मनोरञ्जनात्मक क्रियाकलापहरू गरेका थिए ।
युरोप भ्रमण पश्चात वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले उनीहरूलाई यस कार्यक्रमलाई सफल बनाउन सहयोग गरेबापत मायाको चिनो प्रदान गरेका थिए ।


