१६ असार २०८३, मंगलबार

संस्कृति मन्त्री किराँती र चिनियाँ कम्युनिस्ट पार्टीका डेपुटी सेक्रेटरी सीबीच भेटवार्ता

पुस २१, २०८०
काठमाडौं
संस्कृति मन्त्री किराँती र चिनियाँ कम्युनिस्ट पार्टीका डेपुटी सेक्रेटरी सीबीच भेटवार्ता

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका डेपुटी सेक्रेटरी सी युङ्गङगबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिवार दिउँसो नेपालका लागि चिनियाँ दूतावास र परराष्ट्रका अधिकारीसहित सिंहदरबारमा भेटवार्ता भएको हो । मन्त्रालयमा भएको भेटमा मन्त्री किराँतीले दुई देशलाई हिमालले सिमाना लगाएको र हिमाल जस्तै सम्बन्ध पनि अग्लो  रहेको बताएका थिए ।

नेपाली चेली भृकुटीमार्फत कुटुम्बेरी साइनोबाट दुई देशबीचको सम्बन्ध विस्तार भएको मन्त्री किराँतीले चिनियाँ नेतालाई भने । सन् २०२३ मा ६० हजार चिनियाँ पर्यटक नेपाल आएको भन्दै यसका लागि चीन सरकारलाई उनले धन्यवाद समेत दिए ।

यस्तै, सीले युनान प्रान्तको पर्यटनका बारेमा चर्चा गर्दै नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका थिए । नेपाल आफैंमा सुन्दर रहेको बताउँदै उनले नेपालीहरूको संस्कृति र इमान्दारिता नेपालीको अर्को विशेषता रहेको बताए ।

नेपालले पर्यटनमा पछिल्ला समय गरिरहेको प्रगतिले आफू उद्वेलित रहेको समेत सीले बताएका थिए । सीसँगको भेटमा मन्त्री किराँतीले राजनीतिक आन्दोलन समयमै पूरा गरेर हाल चीनले गरेको विकाससँग नेपालले धेरै कुरा सिक्न चाहेको बताए ।

नेपालले लामो समय राजनीतिक आन्दोलन र परिवर्तनका लागि समय खर्च गर्नुपरेको भन्दै उनले अब यात्रामा विकसित मुलुकको अनुभवसँग सिकेर अगाडि बढ्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्