२४ जेठ २०८३, आइतबार

बन्द भएका सटरहरु अब खुल्छन्ः ऊर्जामन्त्री बस्नेत

पुस २१, २०८०
काठमाडौं
बन्द भएका सटरहरु अब खुल्छन्ः ऊर्जामन्त्री बस्नेत

 ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै बन्द सटरहरु खुल्ने बताएका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुतो हुन नसकेको उनको भनाइ छ ।

“कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दाबाबबाट नेपाल पनि अछुतो रहेन । बिस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरु अब बिस्तारै खुल्दैछन्” मन्त्री बस्नेतले भने । उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाईसकेको जानकारी समेत दिए ।

शनिबार नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै उनले नेपाल श्रीलंका बन्छ भन्ने हल्लाबीच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो अवस्था नरहेको समेत बताए । “नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बर्बादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्,” मन्त्री बस्नेतले भने ।
मन्त्री बस्नेतले १२ बर्षमा २९ हजार मेगावट विद्युत उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्