२४ जेठ २०८३, आइतबार

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट सिट पाउन राप्रपाले संवाद गर्ने

पुस २१, २०८०
काठमाडौं
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट सिट पाउन राप्रपाले संवाद गर्ने
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)ले सत्ता गठबन्धनसँग राष्ट्रियसभा निर्वाचनमा मिलेर जानेबारेमा छलफल गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनमा मिलेर जानेबारेमा सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । 
ती नेताका अनुसार छलफलका लागि कार्यबाहेक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन हाल विदेश रहेकाले तामाङलाई आवश्यक कार्यादेश दिइएको हो । 

राप्रपाले सत्ता गठबन्धनबाट भाग पाउने अवस्था रहेमा एक सिट माग्ने तयारी गरेको छ ।  आइतबार तामाङले सत्ता गठबन्धनमा छलफल गर्ने र त्यसपछि पार्टीले आवश्यक निर्णय गर्ने ती नेताको भनाइ छ । 

राप्रपाले सत्ता गठबन्धनबाट भाग नपाउने अवस्था आएमा भने आफ्नै ढंगले निर्वाचनमा उम्मेदवारी दिने गरी निर्णय गरेको छ । त्यो भनेको आवश्यकताअनुसार विभिन्न प्रदेशमा उम्मेदवारी दिने राप्रपाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्