१४ असार २०८३, आइतबार

राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउन सानेपामा कांग्रेस बैठक

पुस २२, २०८०
काठमाडौं
राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउन सानेपामा कांग्रेस बैठक
फाइल फोटो

राष्ट्रिय सभामा पार्टीको भागबन्डामा परेका १० उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक शुरू भएको छ ।

आन्तरिक छलफल र परामर्शपछि केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको उम्मेदवार टुंग्याउन बोर्ड बैठक शुरू भएको हो ।

 बोर्ड बैठकपछि कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए ।

बिहान सत्ता गठबन्धनसँगको १० सिटको भागबन्डा मिलेपछि सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल गरेका थिए । सो छलफलमा देउवाले इतर पक्षलाई ३ सिट दिने बताएका थिए । तर ४ सिटको अडानमा रहेको शेखर गगन पक्षले यो प्रस्ताव अस्वीकार गरिदियो । 

लगत्तै शेखर समूहको छुट्टै बैठकले १० सिटमा ४ सिटमा दाबी नछोड्ने निर्णय गर्दै सानेपाको जारी बैठकमा सहभागी भएको हो । 

११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्