
तपाईँ फेसबुक चलाउनुहुन्छ भने खुशीको खबर छ । अमेरिकाको कार्नेजी मेलन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानका अनुसार फेसबुक चलाउँदै साथीहरूसँग अन्तर्क्रिया गर्ने युजरले बिहा गर्दा र बच्चा पाउँदा हुने खुशी पाउँछन् ।
अनुसन्धानकर्ताहरूले तीन महिनासम्म १ हजार ९१० फेसबुक युजरका गतिविधिको अध्ययन गरेका थिए । ती युजरले कसरी कमेन्ट गर्छन्, पोस्ट गर्छन्, लाइक गर्छन् भन्ने कुराको सूक्ष्म अवलोकन गरिएको थियो । त्यस्तै ती युजरसँग च्याट पनि गरिएको थियो । यसबाट उनीहरूको मुड पत्ता लाग्यो ।
उनीहरूले फेसबुक प्रयोग गर्दा कस्तो मुड थियो र नगर्दा कस्तो मुड थियो भनी जान्न कोशिश गरियो । फेसबुकमा कमेन्ट र च्याट गर्दा युजरहरूमा खुशीको भावना पैदा भएको पाइयो । बिहा हुँदा र बच्चा जन्मिदाँ जस्तो खुशी होइन्छ, फेसबुक चलाउँदा त्यस्तै खुशी भएको भेटियो ।
भनेपछि फेसबुकले जादूले जस्तो तपाईँलाई खुशी दिने रहेछ । साथीको टाइमलाइनमा मीठो सन्देश छोड्दा अनि उसको पोस्टमा शिष्ट तरिकाले सुमधुर कमेन्ट गर्दा मान्छे खुशी भएको भेटियो ।
फेसबुकमा सार्थक विषयमा बहस गर्दा पनि मान्छे खुशी भएको पाइयो । च्याटमा दुःखसुख बाँड्दा पनि मान्छे आनन्दित भएको पाइयो । भनेपछि मिलाएर फेसबुक चलाउने हो भने जिन्दगीमा खुशीको बहार छाउने रहेछ ।