१५ असार २०८३, सोमबार

ईपीएसप परीक्षामा थप २० हजारको आवेदन

पुस २३, २०८०
काठमाडौं
ईपीएसप परीक्षामा थप २० हजारको आवेदन

दक्षिण  कोरियाका  लागि  उत्पादनतर्फको  कोरियन  भाषा  परीक्षा (इपिएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुुमति प्रणाली (इपिएस) शाखाले उत्पादनतर्फ पुुनः आवेदन माग  गरेको  थियो  ।  

त्यसमा  त्यो  सङ्ख्याको आवेदन परेको हो । उच्च   अदालत   पाटनले   शुव्रmबार  बालकुमारी  घटनापछि  पानीजहाज  बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन  क्षेत्रको  परीक्षा  आवेदनबाट  वञ्चित  नगराउन आदेश दिएको थियो ।

त्यसपछि गत पुस १६ गते पुुनः आवेदन खुुला गरेको थियो । उत्पादनतर्फ थप आवेदनसहित  अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको इपिएस शाखाले जनाएको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्