२८ जेठ २०८३, बिहीबार

बढ्यो धानको उत्पादन

पुस २३, २०८०
काठमाडौं
बढ्यो धानको उत्पादन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ४.३३ प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख  ८६  हजार  ४७२  मेट्रिक  टन उत्पादन भएको थियो ।

गत वर्षभन्दा यो वर्ष दुई लाख ३७ हजार ७६२ मेट्रिक टन धान बढी उत्पादन भएको छ । जुन विगत चार  वर्षको  औसत  उत्पादनको  तुलनामा   ५.०८   प्रतिशतले   बढी हो ।

धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन  गत  चार  वर्षको  औसत  उत्पादकत्वभन्दा  ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले दाबी गरेको छ, गोरखापत्रमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्