
मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ ।
पछिल्लो समय मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड अभियान तीव्र पारेसँगै सयौं नेपाली पक्राउ परेको भन्दै गैरकानुनी भएर नबस्न र यदि बसेको भए आवश्यक पर्ने जरिमाना तिरेर नेपाल फर्कन त्यहाँस्थित दूतावास अनुरोध गर्दै आएको छ । मलेसियामा ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेका पाइन्छ । राजधानी दैनिकमा खबर छ ।