०७ असार २०८३, आइतबार
राष्ट्रियसभा सदस्य निर्वाचन

एकीकृत समाजवादीले टुंग्यायो दुई उम्मेदवार

पुस २३, २०८०
काठमाडौं
एकीकृत समाजवादीले टुंग्यायो दुई उम्मेदवार
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ । पार्टीले आज बिहान बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाइएको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । 

एकीकृत समाजवादीले बागमतीमा घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । यस्तै, कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने एकीकृत समाजवादीले निर्णय गरेको छ । 

उम्मेदवारको नाम टुंगो लगाउन अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको थियो ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एकीकृत समाजवादीले २ सिट मात्र पाएको थियो । १९ सिटमध्ये नेपाली कांग्रेसलाई १०, नेकपा माओवादी केन्द्रलाई ६, एकीकृत समाजावादीलाई २ र जसपालाई एउटा सिट छुट्याइएको छ ।

माघ ११ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

कमेन्ट गर्नुहोस्