
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका बलबहादुर बोहरा (अन्य), नारायणदत्त भट्ट (अपाङ्ग तथा अल्पसङ्ख्यक) र माओवादी केन्द्रबाट महिलामा बैतडीकी रेणु चन्दले मनोनयन दर्ता गराएका हुन्।
आगामी फागुनमा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावधि सकिँदै छ।
सुदूरपश्चिम प्रदेशमा माओवादीले १ सिट गुमाउने भएको छ।