काठमाडौं १७ असोज– अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै संघीय समाजवादी फोरमका प्रभावशाली नेता अभिषेकप्रताप शाहले संघीय समाजवादी फोरम परित्याग गरेका छन् ।

मंगलवार एक विज्ञप्ती प्रकाशित गरी शाहले फोरम त्यागेको घोषणा गरेका हुन् । संविधानसभाका दुइवटै चुनावमा उनी कपिलबस्तुवाट प्रत्यक्ष चुनाव लडेर विजयी भएका थिए । दोस्रो संविधानसभा चुनावमा उपेन्द्र र अभिषेक मात्र विजयी भएका थिए ।
पहिलो संविधानसभामा निर्वाचित मध्ये कान्छो सभासद रहेका शाह कांग्रेस प्रवेशको तयारीमा छन् । कांग्रेस प्रवेश गरेर मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा उनी कपिलवस्तुबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् ।