१७ असार २०८३, बुधबार

बक्यौता महसुल किस्ताबन्दीमा बुझाउन प्राधिकरणको आह्वान

पुस २४, २०८०
काठमाडौं
बक्यौता महसुल किस्ताबन्दीमा बुझाउन प्राधिकरणको आह्वान

नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम किस्ताबन्दीमा बुझाउन आह्वान गरेको छ । त्यसका लागि प्राधिकरणले ६० दिनको समय दिएको एक सूचनामार्फत जनाएको छ। 

यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार प्राधिकरणबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिने सूचनामा उल्लेख छ । यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सकिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्