०५ साउन २०८३, मंगलबार
कोशी प्रदेश सभाले सभामुख पाउँदै !

पाँच महिनापछि कोशीमा सभामुख चयनको तयारी, रोक्ने रणनीतिमा एमाले

पुस २४, २०८०
विराटनगर
पाँच महिनापछि कोशीमा सभामुख चयनको तयारी, रोक्ने रणनीतिमा एमाले

कोशी प्रदेश सभाले पद रिक्त भएको पाँच महिनापछि नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।प्रदेश सभा सचिवालयले आज नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको हो ।

यसका लागि सत्तारूढ गठबनधनले समेत दबाब दिएको छ । सभामुख चयन प्रक्रिया आजै टुंग्याउने गठबन्धन दलहरूको तयारी छ । 

आजै कोशी प्रदेश सभाले सभामुख पाउने गठबन्धनका एक नेताले बताए । 'आज  प्रदेश सभाले सभामुख पाउँछ,’ गठबन्धनका एक नेताले भने, ‘रातिसम्म लगाएर भए पनि निर्वाचन प्रक्रिया घोषणा हुन्छ र आजै सक्नेगरी निर्वाचन तालिका ल्याउने तयारी छ ।’

सत्ता गठबन्धन यसअघि नै कोशीको सभामुख राप्रपालाई दिन तयार भइसकेका छन् । राप्रपाले सभामुख लिने निर्णयसमेत गरिसकेको छ । राप्रपाले आफ्ना सांसद अम्बरबहादुर विष्टको नाममा सहमति जनाइसकेको छ । राप्रपाले सभामुखमा एमालेले पनि साथ दिनुपर्ने बताएको छ । ‘हामीले एमालेलाई पटक पटक सहयोग गरेका छौं,’ राप्रपाका एक नेताले भने, ‘अब उसले हामीलाई पैँचो तिर्नुपर्छ । ’

सभामुख पद दाबी गरिरहेको प्रतिपक्षी एमाले भने राष्ट्रियसभा चुनावअगाडि सभामुख चयन प्रक्रिया रोक्ने रणनीतिमा छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्तापछि आचारसंहिता लाग्ने भन्दै चुनावपछाडि मात्रै सभामुख चयन गर्नु पर्ने एमालेको तर्क छ । 

एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले आचारसंहिता लाग्ने या नलाग्ने भन्ने विषय निष्कर्षमा नपुगी सभामुख चयन नहुने बताए । दलहरूले आचारसंहिता लाग्दैन भन्ने निष्कर्ष निकाल्ने अवस्था नबनेसम्म टुंगोमा पुग्न नसकिने उनको भनाइ छ । 

एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले पनि निर्वाचन आयोगसँग परामर्श लिएर मात्रै सभामुख चयन प्रक्रिया अगाडि बढ्ने बताए ।  यसअघि पनि एमालेले नै २४ गते कार्यतालिका सार्वजनिक गर्ने सहमति गरेको थियो ।

पुष १७ गते बसेको कार्यव्यवस्था समितिको बैठकमा २४ गते कार्यतालिका सार्वजनिक गर्ने सहमति गरेको थियो ।  कोशी प्रदेशसभाको बैठक पनि आजै बस्दैछ । 

गत साउन १६ गतेदेखि सभामुखविहीन छ । तत्कालीन सभामुख बाबुराम गौतमले गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई बहुमत पुर्‍याउन राजीनामा दिएपछि कोशी प्रदेशसभामा सभामुखविहीन छ ।  

कोशीमा एमालेको (उपसभामुखसहित) ४०, कांग्रेसका २९, माओवादीको १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्