कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
विराटनगर | पुस २४, २०८०
कोशी प्रदेश सभाले पद रिक्त भएको पाँच महिनापछि नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।प्रदेश सभा सचिवालयले आज नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको हो ।
यसका लागि सत्तारूढ गठबनधनले समेत दबाब दिएको छ । सभामुख चयन प्रक्रिया आजै टुंग्याउने गठबन्धन दलहरूको तयारी छ ।
आजै कोशी प्रदेश सभाले सभामुख पाउने गठबन्धनका एक नेताले बताए । 'आज प्रदेश सभाले सभामुख पाउँछ,’ गठबन्धनका एक नेताले भने, ‘रातिसम्म लगाएर भए पनि निर्वाचन प्रक्रिया घोषणा हुन्छ र आजै सक्नेगरी निर्वाचन तालिका ल्याउने तयारी छ ।’
सत्ता गठबन्धन यसअघि नै कोशीको सभामुख राप्रपालाई दिन तयार भइसकेका छन् । राप्रपाले सभामुख लिने निर्णयसमेत गरिसकेको छ । राप्रपाले आफ्ना सांसद अम्बरबहादुर विष्टको नाममा सहमति जनाइसकेको छ । राप्रपाले सभामुखमा एमालेले पनि साथ दिनुपर्ने बताएको छ । ‘हामीले एमालेलाई पटक पटक सहयोग गरेका छौं,’ राप्रपाका एक नेताले भने, ‘अब उसले हामीलाई पैँचो तिर्नुपर्छ । ’
सभामुख पद दाबी गरिरहेको प्रतिपक्षी एमाले भने राष्ट्रियसभा चुनावअगाडि सभामुख चयन प्रक्रिया रोक्ने रणनीतिमा छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्तापछि आचारसंहिता लाग्ने भन्दै चुनावपछाडि मात्रै सभामुख चयन गर्नु पर्ने एमालेको तर्क छ ।
एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले आचारसंहिता लाग्ने या नलाग्ने भन्ने विषय निष्कर्षमा नपुगी सभामुख चयन नहुने बताए । दलहरूले आचारसंहिता लाग्दैन भन्ने निष्कर्ष निकाल्ने अवस्था नबनेसम्म टुंगोमा पुग्न नसकिने उनको भनाइ छ ।
एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले पनि निर्वाचन आयोगसँग परामर्श लिएर मात्रै सभामुख चयन प्रक्रिया अगाडि बढ्ने बताए । यसअघि पनि एमालेले नै २४ गते कार्यतालिका सार्वजनिक गर्ने सहमति गरेको थियो ।
पुष १७ गते बसेको कार्यव्यवस्था समितिको बैठकमा २४ गते कार्यतालिका सार्वजनिक गर्ने सहमति गरेको थियो । कोशी प्रदेशसभाको बैठक पनि आजै बस्दैछ ।
गत साउन १६ गतेदेखि सभामुखविहीन छ । तत्कालीन सभामुख बाबुराम गौतमले गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई बहुमत पुर्याउन राजीनामा दिएपछि कोशी प्रदेशसभामा सभामुखविहीन छ ।
कोशीमा एमालेको (उपसभामुखसहित) ४०, कांग्रेसका २९, माओवादीको १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...