२६ जेठ २०८३, मंगलबार

बाबुराम र उपेन्द्र पनि एमाले–माओवादी गठबन्धनमा सामेल हुँदैछन ?

कात्तिक २०, २०७४
बाबुराम र उपेन्द्र पनि एमाले–माओवादी गठबन्धनमा सामेल हुँदैछन ?
काठमाडौं १७ असोज – नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधि सभाको चुनावमा चुनावी तालमेल गरेर अगाडी बढ्ने सहमति भएको छ । एमालेले संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाललाई समेत चुनावी तालमेलका लागि प्रस्ताव गरेको छ ।

एमालेबाट चुनावी तालमेलको प्रस्ताव आएको नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले लोकान्तरलाई बताए । ‘प्रस्ताव आएको छ, निर्णइ भइसकेको छैन’ पाण्डेले लोकान्तरसंग भने ।
बृहत्त वामपन्थी प्रगतिशील एकताका लागि एमालेले नयाँ शक्तिलाई समेत समेटन प्रस्ताव गरेको छ । नयाँ शक्तिले संविधानमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको वकालत गरिरहेको छ ।

एमालेले उपेन्द्र यादवसंग चुनावी तालमेलको कुरा गरेपनि सो पार्टीका एक नेताले त्यस्तो तालमेल सम्भव नभएके बताए । ‘हामी चुनावको तयारीमा जुटिसकेको छौं, स्थानीय तहको चुनावमा हामीले पाएको सफलता देखेर अलमलाउन खोजिएको हो’ नेता डा शिवजी यादवले लोकान्तरसंग भने, ‘हामी उम्मेदवार छनौटमा लागिसकेका छौ ।’

यसअघि राजपाबाट असन्तुष्ट हृदयश त्रिपाठी लगातका केही नेताले एमालेसंग चुनावी ताललमेल गरेर सूर्य चिन्ह लिएर चुनाव लड्ने घोषणा गरिसकेका छन् । एमाले र माओवादीले मंगलवार साझ ५ बजे चुनावी तालमेलको घोषणा गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्