०४ असार २०८३, बिहीबार

हनीप्रीत हरियाणा प्रहरीको नियन्त्रणमा, भन्छिन् — नेपाल गएको थिइनँ

कात्तिक २०, २०७४
हनीप्रीत हरियाणा प्रहरीको नियन्त्रणमा, भन्छिन् — नेपाल गएको थिइनँ

काठमाडौं, १७ असोज — एक महिनाभन्दा बढीसम्म फरार रहेकी हनीप्रीतलाई हरियाणा प्रहरीले नियन्त्रणमा लिएको छ ।


साध्वी बलात्कार मुद्दामा कारावास सजाय भोगिरहेका राम रहीमकी धर्मपुत्री हनीप्रीत उर्फ प्रियंका तनेजा राम रहीमविरुद्ध सजाय सुनाइएपछि भड्केको हिंसाका लागि जिम्मेवार रहेको आरोप छ ।

उनी र डेरा सच्चा सौदाका सदस्यहरूलाई हिंसा भड्काएको आरोपमा मुद्दा दायर भएको छ ।

दिल्ली उच्च अदालतले अघिल्लो हप्ता उनको अग्रिम जमानत निवेदन खारेज गरेको थियो ।

राम रहीमलाई सजाय भएपछि उनी नेपाल भागेको खबर आएको थियो ।

‘म भारतमै बसेकी थिएँ, नेपाल गएकी थिइनँ,’ उनले टीभी च्यानललाई बताइन् ।
हनीप्रीतले आफू निर्दोष रहेको बताइन् ।

‘सत्यको नै विजय हुन्छ र संसारले यो देख्नेछ । संसारले कसरी हामीप्रति यस्तो व्यवहार गर्न सक्छ भनी म दुःखी र स्तब्ध छु,’ हनीप्रीतले भनिन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्