
नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको छ । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्नेछन् ।
रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटिटिएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रूपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले बताइन् । गोरखापत्रमा खबर छ ।