०६ असार २०८३, शनिबार

डिडिसीका महाप्रबन्धकलाई मन्त्रालयमा झिकाइयो

पुस २६, २०८०
काठमाडौं
डिडिसीका महाप्रबन्धकलाई मन्त्रालयमा झिकाइयो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई मन्त्रालय झिकाएको छ । मन्त्रालयले  दिएको  निर्देशन  अनुसार  काम  नगरेको  भन्दै  उनलाई  मन्त्रालयमा  झिकाइएको  कृषि  मन्त्रालय  पशुपन्छीतर्फका  सचिव  डा.  रेवतीरमण पौडेलले बताए । 

डिडिसीमा  लक्ष्य  अनुसार  महाप्रबन्धक  झाले काम नगरेको बताउँदै उनले २०७७ देखि मन्त्रालयले  पटक  पटक  दिएको  निर्देशन  पालन  नगरेको, किसानको बक्यौता रकम भुक्तानी गर्न नसकेको,  आख्तियारलगायत  विभिन्न  निकायमा  उनको  विरुद्ध  उजुरी  परेका  कारण  मन्त्रालयमा  विज्ञका रूपमा कामकाज गर्नका लागि झिकाइएको बताए । गोरखापत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्