१५ असार २०८३, सोमबार

र्‍याप गीतको रियालिटी शो आयोजना हुने

पुस २६, २०८०
काठमाडौं
र्‍याप गीतको रियालिटी शो आयोजना हुने

युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ हुने भएको छ । 

आयोजकले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शो एपीवान टेलिभिजनबाट प्रसारण हुने जानकारी दिएको छ । 

युजिसा इन्टरनेशनलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन सुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप ब्याटल नेपाल प्रसारण हुनेछ । ‘शोमा नेपाली साङ्गीतिक फाँटका देखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्’, उनले भने । 

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेन्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई साङ्गीतिक माहौलमाझ रम्ने वातावरण यस शोले दिने बताए । ​

शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुडी र सिक्किममा हुनेछ । शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगुडीमा माघ २९, झापामा फागुन ०२, इटहरीमा फागुन ०५, चितवनमा फागुन ०९, पोखरामा फागुन १२ र काठमाडौंमा १८ तथा १९ गते गरिने बताए । उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने राजपुतले जानकारी दिए । ​

एपिवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भुमिका निर्वाह गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्