
सरकारले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने भएको छ ।
बिहीवार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीसँगै गृह/परराष्ट्र/शिक्षा/श्रम सचिव र सम्बद्ध पदाधिकारीलगायत सहभागी थिए ।
भिजिट भिसालाई सहज र व्यवस्थित बनाउन बैठकले छिट्टै नयाँ निर्णय गर्न आवश्यक ठानेको र प्रधानमन्त्रीसँगको परामर्शपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागलाई निर्देशनसमेत दिएका छन् ।