१० असार २०८३, बुधबार

‘पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्नुपर्छ’

पुस २६, २०८०
कास्की
‘पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्नुपर्छ’

 सभामुख देवराज घिमिरेले उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्नु दुःखद् भएको बताएका छन् । 

युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा आजदेखि सुरु बाह्रौँ संस्करणको पोखरा महोत्सवको उद्घाटनका क्रममा सभामुख घिमिरेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जतिसक्दो चाँडो नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताए । 

सभामुख घिमिरेले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा समावेश गर्नुपर्ने धारणा राखे । सेती नदीलाई पर्यटनसँग जोड्न तीनवटै तहका सरकारको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो । 

गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले युनाइटेड क्लबले सामाजिक काममार्फत जनतालाई सहयोग गरेकोमा प्रशंसा गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्